२२ अंकले घट्दा छ अर्ब ८५ करोडको कारोबार
काठमाडौं । नेप्सेको ओरालो यात्राले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १३ अंकले घटेको नेप्से आज पनि २२ दशमलव ७३ अंकले घटेर २६ सय १० दशमलव २१ अंकमा पुगेको छ भने सेन्सिटिभ चार दशमलव ३० अंकले घटेर चार सय ६३ दशमलव शुन्य सात अंकमा पुगेको छ । तीन सय १७ वटा कम्पनीहरुको ८७ हजार ३६ पटकको कारोबारमा एक करोड ५४ लाख २८ हजार सात सय २४ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम छ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये तीन वटा समुहको सुचक बढेपनि बाँकी १० वटा समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् । निर्जीवन बीमा समुहको सुचक तीन दशमलव ८० अंकले बढेर १३ हजार दुई सय आठ दशमलव ६१ अंकमा पुगेकोमा फाईनान्स र व्यापार समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने १३ दशमलव ७० अंकले घटेर १४ सय ५० दशमलव १९ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २९ दशमलव ७८ अंकले घटेर तीन हजार एक सय ८३ दशमलव ८५ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ४३ दशमलव ७१ अंकले घटेर १२ हजार सात सय २५ दशमलव ३८ अंकमा झरेकोमा बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने थ्रि स्टार हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले सबैभन्दा बढी गुमाएको छ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।