शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नगद रहित बीमा सम्बन्धी सम्झौता

बुधबार, भाद्र २६ २०८१

काठमाडौं । महिन्द्रा फोर व्हीलरको बिराटनगर, ईटहरी, धरान का आधिकारीक बिक्रेता रोयल अटो इन्टरप्राइजेज, इस्टर्न मोटर्स, ईष्टन अटो प्वाईन्टले नगद रहित दावीका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स क. लि (सलिको) संग सम्झौता गरेको छ । सो सम्बन्धी आधिकारीक विक्रेताकोतर्फबाट ईष्टन अटो प्वाईन्टका संचालक किरण भट्टराई, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन्।

यो सम्झौतापश्चात महिन्द्राका ग्राहकहरुले सवारी साधन मर्मत सम्भार वा बीमा दावी गर्दा छिटो, सहज, पहुचयोग्य र झन्झटमुत्त सेवाहरु पाउने छन्।

उक्त अवसरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख नारायण गौतम तथा प्रतिनिधीहरु, इस्टर्न मोटर्सका संचालक उत्कृष्ट भट्टराई तथा प्रतिनिधीहरु, स्थानिय बैंकका प्रतिनिधीहरु, बीमा सर्भेयरहरु लगाएतको उपस्थिती रहेको थियो।