बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

विद्यालयबाट घर फर्किँदै गरेकी छात्राको खोल्साले बगाएर मृत्यु

बुधबार, भाद्र २६ २०८१

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा खोल्सा तर्ने क्रममा बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ भने एकजना घाइते भएकी छिन् ।

मंगलबार साँझ ५ बजेको समयमा विद्यालय छुट्टी भएर घर फर्कने क्रममा मनहरी–८, सिमपानी १४ वर्षीया रितिका भनिने रञ्जिता गुरुङको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मनहरी–८ स्थित युनाइटेड बोडिङ स्कुलकी छात्रा रन्जिता गुरुङ र महेन्द्र किरण माविमा अध्ययनरत १७ वर्षीया छात्रा घर फर्कने क्रममा मोरंगे खोल्सोले बगाएको थियो । रञ्जिता बगेर बेपत्ता भएकी थिइन् र अर्की छात्रा सामान्य घाइते भएकी थिइन् ।

शव २ किलोमिटर पर भेटिएको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको र घाइते छात्राको मनहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।