शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

१३ अंकले घट्यो नेप्से

व्यापार बाहेक सबै समुहको सुचक रातै

मंगलबार, भाद्र २५ २०८१

काठमाडौं । नेप्से पुन घटेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार पनि १३ दशमलव शुन्य नौं अंकले घटेर २६ सय ३२ दशमलव ९४ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव ८० अंकले घटेर चार सय ६७ दशमलव ३८ अंकमा पुगेको छ । तीन सय २८ वटा कम्पनीहरुको ९३ हजार चरा सय ५९ पटकको कारोबारमा एक करोड ९० लाख ७७ हजार पाँच सय ८३ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम सात अर्ब २४ करोड ५५ लाख ६८ हजार चार सय २१ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा होटल तथा पर्यटन समुहको सुचक स्थिर देखिएको छ भने व्यापार समुहको सुचक २९ दशमलव ४९ अंकले बढेको छ । बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ६४ अंंकले घटेर १४ सय ६३ दशमलव ८९ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि २३ दशमलव १८ अंकले घटेर ३२ दशमलव १३ दशमलव ७४ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय दशमलव १८ अंकले घटेर १२ हजार नौं सय ६९ दशमलव शुन्य नौं अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ५३ दशमलव ६१ अंकले घटेर १३ हजार दुई सय चार दशमलव ८१ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, लघुवित्त र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज मानुषी लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने सिद्धार्थ लगानी बृद्धि योजना ३ ले सबैभन्दा बढी गुमाएको छ । हाईड्रो इलेक्ट्रिीसिटी एण्ड डेभलपमेन्ट कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।