बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

पोखरामा सहकारी बचतकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा

मंगलबार, भाद्र २५ २०८१

काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रमस्थलबाहिर सहकारी पीडितले प्रदर्शन र नाराबाजी गरेका छन् ।

उनलाई पोखरामा सहकारीपीडितहरूले कालो झण्डासमेत देखाउँदै प्रदर्शन गरेका हुन् ।

पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुने आएका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पोखराको बिरौटामा सहकारीका बचतकर्ताले कालो झण्डा देखाए।

पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा रास्वपाको कार्यक्रम राखिएको छ ।

सोही ब्याक्वेटबाहिर सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले बैठकस्थलबाहिर सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको भन्दै नाराबाजी गरिरहेका छन् ।