चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने
काठमाडौं । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित भएको छ । चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने सहमतिसहित सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिबाट विधेयक पारित भएको हो ।
विधेयकमा चेक अनादरको मुद्दामा १० करोड रुपैयाँभन्दा माथिको बिगोमा २ देखि ४ वर्ष कैद सजाय थप गरिएको छ। त्यस्तै १५ लाखसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्म तीन महिना, एक करोडसम्म एक वर्ष र एक करोड रुपैयाँको दुई वर्ष कैद सजाय हुने सहमति भएको छ ।
पारित विधेयक कुनै व्यक्तिले आफ्नो खातामा रकम मौज्याद नभई चेक जारी गर्न नपाउने व्यवस्था गरिएको छ । चेक अनादरको भएको प्रमाणित गराउन चाहेमा बैंकले बढीमा ३० दिनको म्याद दिई खातामा आवश्यक रकम जम्मा गर्न खातावालालाई जानकारी दिई अभिलेख राख्नुपर्ने व्यवस्था राखिएको छ ।