बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

प्रधानमन्त्रीले भने : दिदीबहिनीहरू, तपाईहरुको तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस्, तीजको शुभकामना !!

शुक्रबार, भाद्र २१ २०८१

काठमाडौं । हरितालिका तीजको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले आज देशैभर तीजको रौनक भएको बताउँदै ‘दिदीबहिनीहरू, तपाईहरुको तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस्, तीजको शुभकामना’ भनेका छन् ।

प्रधानमन्त्री ओलीले तीजको अवसरमा आफ्नो बाल्यकालसमेत सम्झेका छन् ।

बाल्यकालमा तीज सकिएपछि आफूहरु दशैं आउने दिन गन्न थाल्ने कुरा उनले स्मरण गरेका छन् ।

उनले भनेका छन् –
‘बाल्यकालमा तीजमा आमाहरु, दिदीबहिनीहरू जम्मा भएर रमाएको खुब मन पर्थ्यो। यातायात र सञ्चार साधन नभएको त्यस समयमा दिदीबहिनी भेट हुने अवसर नै तीज मात्र थियो। त्यसबेला तीज सकिएपछि हामी केटाकेटीहरु दशैं आउने दिन गन्न थाल्थ्यौं ।’