बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

पोखरीमा डुबेर तीनजना बालकको मृत्यु

बिहिबार, भाद्र २० २०८१

जनकपुर । धनुषामा पोखरीमा डुबेर बुधबार साँझ तीनजना बालकको मृत्यु भएको छ ।

लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनियामा रहेको पोखरीमा डुब्दा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवाका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।