मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका-६ बन्जाँहा भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान करिब ८:३० बजेको समयमा बोलेरो जिप दुर्घटना भएको थियो ।
सोरुकोटदेखि गमगढी बजारतर्फ फर्किने क्रममा ना १ ज ६४६७ नम्बरको बोलेरो जिप सडकको मोडमा व्याक गर्ने क्रममा करिब १०० मिटर तल खस्दा जीपमा सवार दुई जना मध्ये जिप धनी आफैँ चालकको मृत्यु भएको हो ।
सोरु गाउँपालिका -३ भिँईका नरबहादुर बुमीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
उक्त जिपको सहचालक भने गाडी व्याक गर्दा बाहिरै रहेको र उनले नै प्रहरीलाई खवर गरेका थिए ।