शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा हरियाली, एक सय २७ अंकले बढ्दा १३ अर्ब १० करोडको शेयर कारोबार

सोमबार, भाद्र १७ २०८१

काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार भने एक सय २७ दशमलव ३२ अंकले बढेर २८ सय २३ दशमलव २५ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि २२ दशमलव ९४ अंकले बढेर पाँच सय तीन दशमलव ८३ अंकमा चढेको छ।

नेप्सेमा आज तीन सय ३५ वटा कम्पनीहरुको एक लाख ६० हजार पाँच सय ७९ पटकको कारोबारमा तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम १३ अर्ब १० करोड ४६ लाख ३१ हजार आठ सय दुई रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुृहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ७२ दशमलव १९ अंकले बढेर १५ सय ९५ दशमलव ४४ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ७८ दशमलव ८९ अंकले बढेर तीन हजार पाँच सय १५ दशमलव ९० अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि छ सय २४ दशमलव २६ अंंकले बढेर १३ हजार नौं सय १४ दशमलव ४८ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि छ सय २३ दशमलव २७ अंकले बढेर १३ हजार पाँच सय ६९ दशमलव ७३ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेर हरियो भएको छ।

नेप्सेमा आज नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने लक्ष्मी उन्नती कोषले सबैभन्दा बढी गुमाएको छ । गुडविल फाईनान्स लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।