काठमाडौं । सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्य सचिव बनाएपछि असन्तुष्टि जनाउँदै दुईजना सचिवले राजीनामा दिएका छन् ।
आफू कनिष्ठलाई मुख्य सचिव बनाएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।
आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाईएपछि असन्तुष्ट जनाउँदै राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएपछि अर्का महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन् ।
उनीहरुले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।
सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्य सचिव बनाएपछि पहिलो वरियताका ज्ञवाली र दोस्रो वरियताका भट्टराईले राजीनामा दिएका हुन् ।