शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा ३६ अंकको पहिरो

कारोबार रकम पनि घट्यो

बिहिबार, भाद्र १३ २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से घटेको छ । अघिल्लो दिन तीन अंकले बढेको नेप्से आज ३६ दशमलव ८३ अंकले घटेर २७ सय ४९ दशमलव ५७ अंकमा पुगेकोमा सेन्सिटिभ पनि आठ दशमलव ३५ अंकले घटेर चार सय ८९ दशमलव ७९ अंकमा पुगेको छ । तीन सय २२ वटा कम्पनीहरुको एक लाख ४६ हजार दुई सय चार पटकको कारोबारमा दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुुँदा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेर बाँकी समुहहरुको सुचक उच्च अंकले घटका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २८ दशमलव ८२ अंकले घटेर १५ सय ५९ दशमलव ७६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि चार दशमलव ७८ अंकले घटेर तीन हजार चार सय १९ दशमलव ३४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ८८ दशमलव ८१ अंकले घटेर १३ हजार चार सय ८६ दशमलव शुन्य तीन अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ५२ दशमलव ३३ अंकले घटेर १३ हजार एक सय आठ दशमलव ९७ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा थ्रि स्टार हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । गुडविल फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।