काठमाडौं । नेपालका दुई स्टार स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशी अस्ट्रेलियाको बिग बास लिगको ‘ड्राफ्ट’मा समावेश भएका छन्। बिग बासको नयाँ सिजनका लागि क्रिकेट अस्ट्रेलियाले निकालेको खेलाडी ‘ड्राफ्ट’ को सूचीमा सन्दीप र ललितको नाम समावेश भएको हो ।
सन्दीपसँग यसअघि नै बिग बास लिग खेलिसकेको अनुभव छ भने ललित पहिलोपटक विदेशी फ्रेन्चाइज लिगको ड्राफ्टमा परेका हुन्।
सन्दीप र ललितसँगै ४३२ खेलाडी ‘ड्राफ्ट’मा परेका छन् । अक्सन सेप्टेम्बर १ मा हुनेछ । गत संस्करण ‘ड्राफ्ट’ मा रहे पनि सन्दीपलाई कुनै टोलीले अनुबन्ध गरेका थिएनन् ।