शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

साफ यू-२०- नेपाललाई पराजित गर्दै  बङ्लादेश च्याम्पियन

बुधबार, भाद्र १२ २०८१

काठमाडौं ।  साफ यू–२० च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपाललाई पराजित गर्दै बङ्गलादेश च्याम्पियन बनेको छ । उपाधिका लागि आज भएको खेलमा नेपाल बङ्लादेशसँग पराजित भएको हो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मुख्यालयको खेलमैदानमा आज भएको खेलमा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हरायो ।