बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

प्रधानमन्त्री ओलीले भने : प्रकाश तामाङले दुई/चार दिन भित्रैमा नागरिकता पाउँछन्

बुधबार, भाद्र १२ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङले दुई/चार दिन भित्रैमा नागरिकता पाउने गरी सहजीकरण गर्ने व्यवस्था मिलाइएको बताएका ५न् ।

विद्या चापागाईंको युट्यूब सिरज ‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान) ले केही दिनमा नै नागरिकता पाउने उनले बताए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले गृहसचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताका लागि सहजीकरण गर्न निर्देशन दिइसकेको बताएका छन् ।

उनले भनेका छन्, ‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । राति १० बजे गृहसचिव एकनारायण अर्याललाई बोलाएर दुई चार दिन भित्रमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ ।’

नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरुले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्रीले ओलीले नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने कुरा पनि भएको बताए ।