काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गरेका छन् ।
श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व २०८१ का अवसरमा उनले सामाजिक सञ्जाल फेसबुकमा शुभकामान सन्देश लेख्दै भाद्र कृष्णपक्षको अष्टमी तिथिको रात आमा देवकीबाट श्रीकृष्णको जन्म जेलमा भएको शास्त्रमा उल्लेख भएको बताएका छन् ।
प्राचीन मानव सभ्यतामा पशुपालन युगको थालनी श्रीकृष्णले गरेको मानिने बताउँदै प्रधानमन्त्री ओलीले ‘प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्णमा नमन ! सबैलाई कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना।’ भनेका छन् ।
साथै प्रधानमन्त्री ओलीले आज दिउँसो टुँडिखेलमा गौरा पर्वको कार्यक्रममा सहभागी हुनेसमेत जानकारी दिएका छन् ।