काठमाडौं । नारायणगढ-मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर २९ घुमाउनेमा यात्रुबहाक बस दुर्घटनामा परेको छ। दुर्घटनामा १५ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको हो।
बस अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए। दुर्घटनामा १५ जना घाईते रहेकाे र उनीहरुकाे उपचारकाे लागि भरतपुर लगिएकाे प्रहरीले जनाएकाे छ ।
बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।
सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ ।
तस्वीर :मुग्लिङ बजार /फेसबुकबाट