शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अवैध लागूऔषध सहित चार जना पक्राउ

शुक्रबार, भाद्र ७ २०८१

काभ्रे । पर्साको वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा ५ किलो ९ सय ग्राम सहित कालिकामाई गाउँपालिका–३ हरिहरपुर टोल बस्ने ३५ वर्षीय ललन पासवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनरूवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

स्याङ्जाको वालिङ नगरपालिका–८ केदारनाथ मन्दिरस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १९ एम्पुल, फेनारागन २० एम्पुल र नुर्फिन २१ एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–९ बस्ने ३४ वर्षीय सुवास गुरूङ र सोही महानगरपालिका–३ बस्ने २२ वर्षीय दिनेश सिंह रहेका छन् । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.२ ख ५८४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी कुमालटोल बस्ने २८ वर्षीय अनिल कुमाललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम र १ थान मोबाइल सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट फर्सेनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।