बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

शुक्रबार, भाद्र ७ २०८१

तनहुँ ।  पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मस्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु । घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघि मस्र्याङ्दी नदीमा खसेको थियो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको थियो । बसमा ४० जना रहेका थिए ।

दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा गएको ४५ जनाको टोलीले उद्दार जारी राखेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।