शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा सामान्य बृद्धि

दुई अंकले बढ्दा १८ अर्ब ९० करोडको शेयर किनबेच

बुधबार, भाद्र ५ २०८१

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से दुई दशमलव ११ अंकले बढेर २९ सय ६८ दशमलव ४४ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २५ अंकले बढेर पाँच सय ३० दशमलव ११ ंअंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३७ वटा कम्पनीहरुको दुई लाख १४ हजार तीन सय १९ पटकको कारोबारमा चार करोड १४ लाख ५४ हजार छ सय ११ कित्ता शेयर खरिद बिक्री भएकोमा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार सात सय ९२ रुपैंयाँको शेयर किनबेच भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा आठ वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुुचक १० दशमलव १३ अंकले बढेर एक हजार सात सय नौं दशमलव २५ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुुचक पनि ४० दशमलव ५७ अंकले बढेर पाँच हजार छ सय ७३ दशमलव ५४ अंकमा पुगेको छ । यसैगरी फाईनान्स समुहको सुचक पनि एक सय ८६ दशमलव ८९ अंकले बढेर तीन हजार नौं सय २६ दशमलव ८८ अंकमा पुगेकोमा लगानी र अन्य समुहको सुचक पनि बढेका छन् । जलबिद्युत समुहको सुुचक भने आज २७ दशमलव ८६ अंकले घटेर तीन हजार छ सय ३९ दशमलव ३० अंंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि २८ दशमलव ४२ अंकले घटेर १४ हजार छ सय ८७ दशमलव ८२ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ९८ दशमलव ९८ अंकले घटेर १४ हजार तीन सय ३१ दशमलव ५३ अंकमा झरेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्र्णाली बिकास बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीम भने हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ।