शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सर्वसाधारणले छिटै धरहरा चढ्न पाउँछन् : उपप्रधानमन्त्री सिंह

बुधबार, भाद्र ५ २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सर्वसाधारण जनताले छिटै धरहरा चढ्न पाउने बताएका छन्। धरहराको सबै काम सकिए पनि चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त सरकारले मिलाइरहेको बताएका हुन् ।

बुधवार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। उनले धरहरा चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने जानकारी दिए।

उपप्रधानमन्त्री सिंहले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी रहेको पनि बताए।

उनले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि आवश्यक छलफल भइरहेको पनि बताए। राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा आफू सहमत रहेको र त्यसको लागि काम शुरु गरिसकेको बताएका हुन्।