काठमाडौं । २०२४ को महिना टी-२० विश्वकप यूएईमा हुने भएको छ । यसअघि बंङ्गलादेशमा आयोजना हुने भनिए पनि त्यहाँको परिस्थितिका कारण यूएईमा सारीएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ।
महिला विश्वकप आगामी अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने भनिएको थियो । तर बंगलादेशमा भएको पछिल्लो विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा प्रतियोगिता हुने नहुने अनिश्चित बनेको थियो।
अब महिला टी(२० विश्वकप यूएईको दुई शहर दुबई र शारजहामा हुने आईसीसीले जनाएको छ।