काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यको पक्षमा ७० र विपक्षमा ११ मत परेको थियो ।
नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।