बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

बसन्तपुरमा गाईजात्राको रौनक (तस्वीरमा हेर्नुहोस्)

मंगलबार, भाद्र ४ २०८१

काठमाडौं । काठमाडौं उपत्यकामा हरेक वर्ष गाइजात्रा विशेष हुने गर्छ ।

दिवंगत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउंदै यो पर्व मनाइन्छ ।

काठमाडौं उपत्यकामा नेवार समुदायको बाहुल्यता भएकाले पनि यहाँ यो पर्व विशेष हुने गर्छ ।  आज गाईजात्राको दिन बसन्तपुर र हनुमानढोका क्षेत्रमा यसैगरी गाईजात्रा मनाइयो ।

विशेषगरी काठमाडौँ, भक्तपुर, ललितपुरलगायत नेवारी समदायको बाक्लो बस्ती रहेको स्थानमा मनाइने यो जात्रा काभ्रेपलाञ्चोकमा पनि सोही समयदेखि नै मनाइँदै आइएको हो ।

पछिल्लो केही वर्षदेखि जिल्लाको अन्य स्थानमसमेत जात्रा विस्तार गरिँदै आइएको छ । ‘क्वाँटी पूर्णिमा’को उपमा दिइने यस जात्रा जनैपूर्णिमाको भोलिपल्ट मनाइने भए पनि तिथिले आज नै परेको बताइन्छ । जनैपूर्णिमा र गाईजात्राको दिन भने क्वाँटी खाने प्रचलन रहँदै आएको छ ।

यसैबीच जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा तेमाल गाउँपालिकाले धार्मिक जात्रा मनाउन हिजोदेखि तीन दिन सार्वजनिक बिदासमेत दिएको छ । तेमालमा अवस्थित सत्यनारायण मन्दिर परिसरमा जनैपूर्णिमाका अवसरमा परापूर्वकालदेखि नै विशेष धार्मिक जात्रा हुने भएकाले उक्त जात्रामेला तेमालको सांस्कृतिक पर्वका रुपमा विकसित भएको जनाउँदै गाउँपालिकाले बिदा दिएको जनाएको छ ।