शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

सोमबार, भाद्र ३ २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

चार दिने भ्रमणका लागि आइतबार दिल्ली पुगेकी मन्त्री राणाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री राणाको अनुसार भारतीय विदेशमन्त्री एस जयशंकरसंग भएको भेटवार्ता फलदायी भएको बताइन् । उनले ‘नयाँ दिल्लीमा एस जयशंकरसँग फलदायी भेट भयो । हामीबिच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको थियो । यो भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु ।’

राणाले भ्रमणका क्रममा स्वास्थ्य उपचार पनि गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।