शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बीमा प्राधिकरणद्धारा बीमा बिज्ञ सदस्य ओलीको बिदाई

सोमबार, भाद्र ३ २०८१

काठमाडौं । नेपाल बीमा प्राधिकरणका संचालक समितिका बीमा विज्ञ सदस्य कपिल देव ओलीको दोस्रो पटकको चारवर्षे कार्यकाल पुरा भएको छ । सो अवसरमा बीमा विज्ञ सदस्य ओलीको विदाई एवम् सम्मानमा आईतबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रम आयोजना गरिएको प्राधिकरणको भनाई छ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा विज्ञ सदस्य ओलीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै उपहार तथा सम्झनाको चिनो प्रदान गरे । अध्यक्ष सिलवालले प्राधिकरणको संचालक समितिमा बीमा विज्ञ सदस्यका रुपमा रहेर ओलीले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए।