शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मुलुकको अर्थतन्त्र कमजोर

झण्डै १६ खर्बको आयात हुँदा एक खर्बको ५२ अर्बको निर्यात, व्यापार घाटा १४ खर्ब ४० अर्ब

आइतबार, भाद्र २ २०८१

काठमाडौं । मुलुकको अर्थतन्त्र कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी आर्थिक वर्ष २०८०/०८१ को वित्तीय प्रतिवेदन अनुसार आयात र निर्यातकोबिचमा असन्तुलन उच्च देखिनु, बैदेशिक व्यापार घाटा बढ्नुले पनि मुलुकको अर्थथन्त्र कमाजोर देखिएको हो।

राष्ट्र बैंकका अनुसार आर्थिक बर्ष २०८०/०८१ मा कुल वस्तु निर्यात तीनप्रतिशतले घटेर एक खर्ब ५२ अर्ब ३८ करोड रुपैंयाँमा सिमित भएको छ ।अघिल्लो वर्ष यस्तो निर्यात २१ दशमलव चार प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः तीन दशमलव तीन प्रतिशत र चार दशमलव तीन प्रतिशतले घटेको छ भने चीनतर्फ भएको निर्यात ४६ दशमलव छ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, पोलिष्टर धागो, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, ब्रान्स, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ।

राष्ट्र बैंकका अनुसार आव २०८०÷०८१ मा कुल वस्तु आयात भने एक दशमलव दुई प्रतिशतले कमी आई १५ खर्ब ९२ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १६ दशमलव एक प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः तीन प्रतिशत र १७ दशमलव छ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ।

निर्याततर्पm भैरहवा, जलेश्वर, कृष्णनगर, मेची, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।

राष्ट्र बैंकका अनुसार आव २०८०/०८१ मा कुल वस्तु व्यापार घाटा एक प्रतिशतले कमी आई १४ खर्ब ४० अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १५ दशमलव पाँच प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात नौं दशमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात नौं दशमलव सात प्रतिशत रहेको थियो । समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ५१ अर्ब ७६ करोड बराबरको वस्तु आयात भएको छ।

अघिल्लो वर्ष यस्तो आयात एक खर्ब ५४ अर्ब ४२ करोड बराबरको भएको थियो । वृहत्त आर्थिक वर्गीकरण अनुसार आर्थिक वर्ष २०८०/८१ मा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५६ दशमलव चार प्रतिशत र ४२ दशमलव नौं प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात शुन्य दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४ दशमलव सात प्रतिशत, शुन्य सात दशमलव सात प्रतिशत र ४४ दशमलव छ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४८ दशमलव आठ प्रतिशत, पुँजीगत वस्तुको नौं दशमलव सात प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१ दशमलव पाँच प्रतिशत रहेको छ।

अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः ५३ दशमलव दुई प्रतिशत, आठ दशमलव चार प्रतिशत र ३८ दशमलव तीन प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।