३४ अंकले घट्दा २८ अर्ब ८३ करोडको शेयर किनबेच
काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ३४ दशमलव ४७ अंकले घटेर २९ सय ६६ दशमलव ३३ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ६५ अंकले घटेर पाँच सय २८ दशमलव ८५ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ३० वटा कम्पनीहरुको तीन लाख नौं हजार १८ पटकको कारोबारमा छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दशमलव १८ अंकले बढेर १६ सय ९९ दशमलव १२ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि एक दशमलव ६७ अंकले बढेर १४ हजार सात सय १६ दशमलव २५ अंकमा पुगेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ६६ दशमलव ७३ अंकले बढेर १४ हजार चार सय ३० दशमलव ५२ अंकमा पुगेकोमा सामुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ । बिकास बैंैक समुहको सुचक भने एक सय २९ दशमलव ८८ अंकले घटेर पाँच हजार छ सय ३२ दशमलव ९७ अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि एक सय सात दशमलव ४५ अंकले घटेर ३७ सय ४१ दशमलव २६ अंकमा झरेको छ । यसैगरी जलबिद्युत समुहको सुचक पनि एक सय ४२ दशमलव ५९ अंकले घटेर ३६ सय ६७ दशमलव शुन्य छ अंकमा झरेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राष्ट्रिय बीमा कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ।