बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

आइतबार, भाद्र २ २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा छिमेकी मित्रराष्ट्र भारत भ्रमणको लागि प्रस्थान गरेकी छन् ।

भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा पाँच दिनको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  परराष्ट्र सचिव सेवा लम्साल ,सह-सचिव अमृत राईलगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले विदाइ गरेका थिए।

परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको परराष्ट्र मन्त्रालयले जनाइएको छ।

भ्रमणका क्रममा दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझै प्रगाढ तुल्याउने तथा नेपाल-भारतबीचको सहकार्य प्रवर्द्धननबारे छलफल हुने बताइएको छ ।

परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने छिन् ।