बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

मध्यराति प्रहरीको धरकपड

पशुपति कोटिहोममा पत्रकारमाथि हातपात, विजय कृष्णमुर्तिको भड्काउपूर्ण अभिव्यक्ति

शनिबार, भाद्र १ २०८१

काठमाडौं । पशुपति कोटिहोममा रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि हातपात भएको छ ।

गएराति कोटिहोममा भएको तनावबारे रिपोर्टिङका लागि पुगेका नेपालभ्युजकर्मी श्यामसुन्दर पुडासैनीमाथि हातपात भएको हो ।

पुडासैनी राति साढे १२ बजे कोटिहोमस्थल पुगेका थिए ।

त्यहाँ पुगेर नेपालभ्युजको आधिकारिक फेसबूक पेजबाट लाइभ गरेका उनलाई मञ्चमा चढाएर माला लगाइ दिएपछि अपमानपूर्ण ढङ्गले हातपात भएको पुडासैनीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रहरीले हस्तक्षेप गरेको भन्दै गएराति पशुपति कोटिहोमस्थलमा चर्को भाषणबाजी भएको थियो । कोटिहोम आयोजक विजय भण्डारीका समर्थकले सरकार र प्रहरीविरुद्ध चर्को नाराबाजी गरेका थिए।

प्रहरीले कोटिहोम आयोजक भण्डारीलाई पक्राउ गर्न आएको भन्दै उनका समर्थकलेअवरोध गर्दै नाराबाजी गरेका थिए । उनीहरुले नाराबाजी गर्दै अपशब्द पनि बोलेका थिए । चर्को नाराबाजी भएपछि प्रहरी रित्तो हात फर्किएको थियो ।

प्रहरीमाथि भण्डारीका समर्थकले हातपात समेत गरेका थिए । प्रहरीले पनि सामान्य बल प्रयोग गर्दा केही घाइते भएको जनाइएको छ ।

त्यसअघि भण्डारी स्वयम्ले पनि भड्काउ पूर्ण अभिव्यक्ति दिएका थिए । उनले पशुपति मन्दिर अब रणभूमि हुने र देशको अवस्था बंगलादेशजस्तो बनाइदिने चेतावनी दिएका थिए । सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उनी खनिएका थिए । उनका अनुयायीले सरकार तथा प्रहरी प्रशासनविरुद्ध अपशब्द बोल्दै चर्को विरोध गरेका थिए ।

प्रहरीले भण्डारीलाई रातारात पक्राउ गर्न खोज्नुको कारण भने खुलेको छैन ।