काठमाडौं । दुई वटा मनी चेन्जर कम्पनीको अनुमती पत्र (लाईसेन्स) रद्ध भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार लाईसेन्स रद्ध हुनेमा रेन्बो मनी एक्सचेन्ज प्र्रालि ठमेल काठमाडौं र कसा मनी एक्सचेन्ज प्रालि पुल्चोक, ललितपुरको रहेका छन्।
नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियम (३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गरिएको जानकारी राष्ट्र बैंकले दिएको छ।