शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि गठ्ठाघर बन्यो तनावग्रस्त

सम्यमता अपनाउन सिडिओको आग्रह

बिहिबार, साउन ३१ २०८१

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा अवस्था तनावग्रस्त बनेको छ ।

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो । अहिले स्थानीयले सडक अवरुद्ध पारेका छन् ।

ना. ६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको भक्तपुर प्रहरीले जनाएको छ । मृतक महिला भएको र सनाखद बाँकी रहेको प्रहरीले जनाएको छ ।

अहिले गठ्ठाघरको अवस्था तनावग्रस्त छ । घटनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

अवस्था शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालयले पहल गरिरहेको छ । सबैलाई सम्यमता अपनाउन र तनावपूर्ण अवस्था सृजना भएको हुँदा सो क्षेत्रबाट यात्रा गर्दा सावधान रहन सिडिओ रोशनीकुमारी श्रेष्ठले आग्रह गरेकी छन् ।