शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

बिहिबार, साउन ३१ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वहरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३३ ग्राम ७६ मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ८ ट्याब्लेट सहित ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर च्यासल बस्ने २७ वर्षीय रफिस अवाले, काभ्रे नमोबुद्ध नगरपालिका–२ घर भई ललितपुर पाटन बस्ने १९ वर्षीय रिसफ श्रेष्ठ, मोरङ कानेपोखरी गाउँपालिका–५ घर भई ललितपुर इमाडोल बस्ने २१ वर्षीय रेमन राई, मोरङ बेलबारी नगरपालिका–९ घर भई काठमाडौं कालोपुल बस्ने ३३ वर्षीय अमित कुमार चौधरी, मोरङ बेलबारी नगरपालिका–४ घर भई ललितपुर ग्वार्को बस्ने ३६ वर्षीय प्रमोद राई, पाँचथर मिक्लाजुङ गाउँपालिका–४ घर भएका २८ वर्षीय मेहरमान भुजेल,पाँचथर फिदिम नगरपालिका–१ घर भएका २७ वर्षीया टिम्पल तामाङ र पाँचथर फाल्गुनन्द गाउँपालिका–५ घर भएका २९ वर्षीय भिम कुमार चेमजोङ रहेका छन् । प्रहरी प्रभाग कोटेश्वलरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेकोमोटरसाइकल १ थान, स्कुटर १ थान, नगद ५५ हजार २ सय रूपैयाँ, विभिन्न कम्पनीका मोबाइल १४ थान, आइप्याड १ थान, तौल गर्ने डिजिटल मेसिन २ थान समेत प्रहरीले बरामद गरेको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१६ सिर्जनसिल टोल बस्ने२८ वर्षीय महेन्द्र बन्जरालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ८० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यायल पकलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुना चेक प्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित कैलाली टीकापुर नगरपालिका–४ बस्ने १८ वर्षीय किशोर र बर्दगोरिया गाउँपालिका–१ बौनिया बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतको रुपैडिहाबाट नेपालगंज आउँदै उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङको जहदा गाउँपालिका–१ धुनीटोलबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित जहदा गाउँपालिका–१ बस्ने २६ वर्षीय अमित मण्डललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुद्धनगरबाट खटिएको प्रहरीले प्र.१–०४–००१ प ९८०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।