शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सशस्त्रमा यो के को हो संकेत !

बिहिबार, साउन ३१ २०८१

सर्कुलर र सहीछाप एकातिर, पहुँच र पावर हुनेले गर्ने काम भने अर्कैतिर भएपछि सशस्त्र प्रहरीमा असन्तुष्टि छाएको छ । हल्चोकले नेतासँग भेट्न नहुने कागजमा सहीछाप गराए पनि त्यसको सही कार्यान्वयन नभएपछि असन्तुष्टि चुलिएको हो । स्रोतका अनुसार झापादेखि कञ्चनपुरसम्मका सबै अधिकृतले खुसुखुसु राजनीतिक भेटघाट नगर्ने, गरे अनुशासन तोडेको आरोपमा कारबाही भोग्न तयार हुने कागजमा सहीछाप गरेका छन् । नेतासँग भेटघाट गरेको आरोपमा डिआइजी अञ्जनी पोखरेल र उद्धवबहादुर न्यौपानेलाई स्पष्टिकरण सोधिएको छ।

पोखरेलले बढुवा प्रयोजनका लागि र न्यौपानेले सुदूरपश्चिम जान नपरोस् भन्दै नेता भेटेको आरोप लागेको छ । त्यसो त डिआइजीमा हालै बढुवा भएका दीपक अधिकारीको प्रकरणलाई विश्लेषण गर्दा यस्तो स्पष्टिकरण हजम नहुने कतिपयको दावी छ । एकल सूचना निकाली अधिकारीले रोल्पा र दाङ तिरका माओवादी नेतासँग सम्बन्ध बनाएरै काम फत्ते गरेको बताइन्छ । लगत्तै सुदूरपश्चिम खटिएर भारतबाट बझाइएका बेचन झालाई काठमाडौं पठाएपछि उनी लुम्बिनी आउनेमा ढुक्क थिए।

बढुवाको लागि प्रचण्डसमक्ष पहुँच नपुर्‍याएको भए पनि केही समयपछि उनी डिआइजी हुन्थे नै । तर तत्कालीन प्रधानमन्त्रीको पावर भिडाएरै एकल बढुवा लिए । सो पद खाली भएको महिनौं बितेपछि मात्रै डिआइजी बढुवाको सूचना निस्केको हो । संगठनलाई तत्कालै चाहिएको भए त तत्कालै सूचना निकालिनुपथ्र्यो । स्रोतका अनुसार नेताहरूसँग पहुँच नहुने र नेतासँग सम्बन्ध नहुनेका लागि मात्रै यो आदेशले काम गरेको छ।

उदाहरणका लागि एसएसपी भूपेन्द्र केसी घुमिफिरी सशस्त्र प्रहरीको कीर्तिपुरस्थित शिक्षालयमा गएका छन् । उनलाई काविल र उत्कृष्ट छ भनेर पठाएको नभई नेताहरूको पहुँच र चाकरीले काम गरेको प्रष्टै छ । एसपी भएदेखि दीपेन्द्र कुँवर प्रवन्ध महाशाखामा बसेको ५ वर्षभन्दा बढी समय भए पनि अहिलेसम्म कसैले हल्लाउन सकेको छैन । नेताको पावर नभइकन त्यसरी बस्नै सकिन्न । यसअघि वर्ष दिन नपुग्दै प्रवन्ध विभागबाट बाहिरिनेहरू पनि छन् । सशस्त्र प्रहरीको भण्डार खरानी हुँदा पनि कुँवर टिकिरहनुका पछि राजनीतिक संरक्षणले काम गरेको बताइन्छ।

यसैगरी, मान्छे कम छन् भन्दै लेखा समूहका सबैजसो प्रमुख हुने गरेका छन् । सरुवा बढुवा हुँदा पनि तिनैका चल्छ । गणेश मल्ल, उमाकान्त जोशी, गोविन्द ठगुन्ना, महेन्द्र हमाल, सन्तोष चन्द र लोकबहादुर थापा एउटा अफिसबाट अर्कोमा जाँदा पनि प्रमुख नै हुन्छन् । राजनीतिक संरक्षण नभई यस्तो सम्भव कसरी होला र १

अहिले विकसित सञ्चार प्रविधि भएको बेला नेता भेट्नै जानुपर्छ भन्ने हुन्छ र, नगएरै पनि फोन वा मोबाइल वार्ताबाट नेताहरूको आशीर्वाद लिन सकिन्न रु तसर्थ नेताहरूसँग राजनीतिक भेटघाट नगर्ने हस्ताक्षरको कुनै तुक हुन्न।

एउटै व्यक्ति बाघ भैरव गुल्मको प्रमुख, कीर्तिपुरस्थित शिक्षालयको दुई÷दुई पटक प्रमुख, सवारी शाखा र कर्मचारी प्रशासन शाखाको प्रमुख भएको छ । उही व्यक्ति तालिम समादेशक र गणपति भएको छ । ७० नम्बरबाट एक नम्बरमा आएको छ । ६७ नम्बरबाट ४ नम्बरमा छिरेको छ।

राजनीतिक संरक्षण बिना यस्तो कसरी सम्भव होला रु त्यसो त एसएसपी दीपेन्द्र कुँवरले मेरो बारेमा जे–जे समाचार आए पनि केही फरक पर्दैन भन्दै हिँड्ने गरेका छन् । उनी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानुका बहिनी ज्वाइँ हुन् भने रमेश लेखक गृहमन्त्री छन् भन्दै दंग पर्न थालेका छन् । कुँवरलाई डिएसपीको७० नम्बरबाट ११ र ११ बाट १ नम्बरमा ल्याएको राजनीतिक संरक्षणले नै हो । एआइजीले नेता भेट्दा ठीक, डिएसपी र एसपीले भेट्दा बेठीक भन्ने भाष्य कतिञ्जेल टिक्ला र !

(साभार:जनआस्था साप्ताहिकबाट)