शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एमबाप्पेको डेब्यु गोलमा यूईएफए सुपर कपको उपाधि रियललाई

बिहिबार, साउन ३१ २०८१

काठमाडौं । एमबाप्पेको डेब्यु गोलमा यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ ।

नेसनल रंगशालमा बुधबार राति भएको खेलमा रियलले एटलान्टालाई २–० ले पराजित गरेको हो।

केलियन एमबाप्पेले यही खेलबाट रियलमा डेब्यु गरेका हुन् । ५९औं मिनेटमा फेडेरिको भल्भर्डोले रियललाई सुरुआती अग्रता दिलाए।

उनले भिनिसियस जुनिअरको पासमा गोल गरेका थिए। जुड बेलिङ्घमले उपलब्ध गराइदिएको पासमा एमबाप्पेले ६८औं मिनेटमा अर्को गोल थपे र उपाधि दिलाए।

एमबाप्पेले आफ्नो लागि यो उत्कृष्ट क्षण रहेको र लामो समयदेखि यो क्षणको प्रतिक्षामा रहेको बताए। रियलको जर्सी लगाएर समर्थकअघि खेल्न पाउनु आफ्नो लागि गिप्ट भएको उनको प्रतिक्रिया थियो ।