काठमाडौं । जिएमईसँगको मर्जरपछि आइएमइको एकीकृत कारोबार सुरु भएको छ । बुधबारदेखि जिएमई रेमिटसँगको मर्जरपछि एकीकृत कारोबार सुरू भएको हो । यो मर्जरसँगै आइएमइको रेमिटेन्स बजारमा ५० प्रतिशतभन्दा बढी हिस्सा कायम भएको आइएमइले जानकारी दिएको छ।
आइएमईका संस्थापक तथा निवर्तमान अध्यक्ष चन्द्र ढकालले रेमिटेन्स क्षेत्रमा आधा हिसस्ता अगेट्ने गरी ठूलो कम्पनी भएकोमा खुसी व्यक्त गरेका छन् । आइएमईको प्रारम्भिक दिनको स्मरण गर्दै उनले ’२००१ मा सानो काउन्टरबाट सुरू भएको र अहिले आइएमइलाई देशकै ठूलो रेमिटेन्स कम्पनी बनाउन सफल भएको बताए।