बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

टीआरसी विधेयक पीडित मैत्री बनाएर द्वन्द्वको अन्तिम किस्ता व्यवस्थापन : प्रधानमन्त्री ओली

बुधबार, साउन ३० २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक पीडित मैत्री बनाएर द्वन्द्वको अन्तिम किस्ता व्यवस्थापन हुने बताएका छन् ।

विधेयक पारित गर्नुअघि प्रतिनिधिसभामा सम्बोधन गर्दै पीडितलाई केन्द्रमा राखेर विधेयक आएकाले प्रतिनिधिसभापछि लगत्तै राष्ट्रियसभाबाट पनि पारित हुने बताए ।

उनले भने, ‘शान्तिका पक्षधर हामी सबै छौं । यो खुसीको कुरा हो । यो ऐन बनेपछि यसअन्तर्गत आयोग निर्माण गरेर काम गर्न सरकारले सहयोग गछौं । अरु दलबाट पनि सहयोग गर्छन् भन्ने विश्वास लिएको छु ।’

आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ ।

संविधान संशोधनका लागि जसोतसो दुई तिहाइ पुर्याएर होइन सबैको सहमतिमा गरिने उनले बताए । हिजो मिलेर संविधान बनाएका दलहरुकै सकृयता र सहमतिमा संविधान सम्शोधन गरिने प्रधानमन्त्री ओलीले बताए ।

सदनमा विधेयकउपर छलफलका क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताले सम्बोधन गर्दैछन् ।