काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ७० दशमलव ८१ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने आठ दशमलव १८ अंकले घटेर २९ सय २३ दशमलव ४६ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३२ अंकले घटेर पाँच सय ११ दशमलव १५ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २२ वटा कम्पनीह्रुको दुई लाख ४१ हजार छ सय ६५ पटकको कारोबारमा पाँच करोड २७ लाख ६४ हजार आठ सय ३२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २१ अर्ब ५१ करोड ५० लाख १० हजार छ सय ३३ रुपैंैयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव १६ अंकले बढेर १५ सय ८३ दशमलव ३४ अंकमा पुगेकोमा फाईनान्स समुहको सुचक पनि ५७ दशमलव चार अंकले बढेर तीन हजार छ सय ८६ दशमलव ९३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७९ दशमलव ७३ अंकले बढेर १४ हजार आठ सय ३८ दशमलव ८८ अंकमा पुगेकोमा लगानी र व्यापार समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने ७६ दशमलव २२ अंकले घटेर पाँच हजार पाँच सय १९ दशमलव ६४ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १३ दशमलव शुन्य छ अंकले घटेर तीन हजार सात सय आठ दशमलव ६४ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि एक सय ४५ दशमलव ६७ अंकले घटेर १४ हजार एक सय २४ दशमलव २६ अंकमा झरेकोमा उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मातृभुमी लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि नेपाल फाईनान्स नैं परेको छ।