काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन्।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीेको मेहनत देख्दा खुशी लागेको व्यक्त गरेका हुन्।
उनले कामको आधारमा मन्त्रीहरुको प्रशंसा र आलोचना दुवै गर्ने पनि बताए। मन्त्रीहरुले गलत काम गरे आफूले आलोचना गर्ने महामन्त्री थापाले बताए। उनले मन्त्रीहरुलाई आफ्नो कार्यकाल हेरेर कार्ययोजना बनाउन पनि सुझाव दिए। सरकारका मन्त्रीहरुलाई काम गर्नका लागि आफूले सदा साथ दिने महामन्त्री थापाले प्रतिवद्धता समेत व्यक्त गरेँ।
महामन्त्री थापाले एक महिनाको अवधिमा कार्ययोजना बनाउने काममा मन्त्रीहरुले समय व्यतित गरेको आफूले बुझेको उल्लेख गर्दै अब काममा तिब्रता दिनुपर्ने बताए।