शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

मंगलबार, साउन २९ २०८१

काठमाडौं । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने कैलाली गोदावरी नगरपालिका–२ घर भएकी २७ वर्षीया दीपा चन्दलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

दीपाले आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर ठिमीबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।