बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आईएमई लाईफमा प्रमुख कार्यकारी फुँयालको दोस्रो कार्यकाल थप

मंगलबार, साउन २९ २०८१

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकाल थप भएको छ । कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो।

उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरयही साउन २८ गते सोमबार पुनः दोस्रोकार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्राप्त भएको कम्पनीले जानकारी दिएको छ।