बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

समृद्धि फाईनान्सको बनेपा शाखाद्धारा बृक्षारोपण

मंगलबार, साउन २९ २०८१

काठमाडौं । समृद्धि फाईनान्सको बनेपा शाखाले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाईनान्सले सोमबार संस्थाको बनेपा शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।

उक्त कार्यक्रम इलाका प्रहरी कार्यालय बनेपा परिसरमा बिभिन्न फलफुल तथा फुलका बोट लगाई सम्पन्न गरिएको हो । श्रावण पहिलो साताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम नारायणगढ, औरही र इटहरी शाखाबाट सम्पन्न भैसकेको र श्रावण महिना भित्र फाईनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ।

फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ।