शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेको उच्च बृद्धि कायम नैं

७० अंकले बढ्दा २७ अर्ब ४४ करोडको शेयर किनबेच

सोमबार, साउन २८ २०८१

काठमाडौं । नेप्सेको उच्च अंकको बृद्धिले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ९४ दशमलव ५३ अंकले बढेको नेप्से आज पुन ७० दशमलव ८१ अंकले बढेर २९ सय ३१ दशमलव ६५ अंकमा पुगेको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ५६ अंकले बढेर पाँच सय १२ दशमलव ४७ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३९ वटा कम्पनीहरुको दुई लाख ८३ हजार ४७ पटकको कारोबारमा छ करोड ४८ लाख ७६ हजार दुई सय १७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २७ अर्ब २४ करोड २० लाख ३४ हजार सात सय ६५ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा लगानी र उत्पादनमुलक समुहको सुचक झिनो अंकले घटेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ४५ दशमलव २७ अंकले बढेर १५ सय ७६ दशमलव १८ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय ६३ दशमलव २१ अंकले बढेर पाँच हजार पाँच सय ९२ दशमलव ४६ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि एक सय ६६ दशमलव ६१ अंकले बढेर ३६ सय २९ दशमलव ८९ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय २३ दशमलव ४२ अंकले बढेर ३७ सय २१ दशमलव ७१ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि आनठ सय १५ दशमलव ८१ अंकले बढेर १४ हजार सात सय ५९ दशमलव १५ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि चार सय १२ दशमलव ४५ अंकले बढेर १४ हजार दुई सय ६९ दशमलव ९४ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ।