काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन् ।
सुशासनका पक्षमा प्रभावकारी काम गर्न माग गर्दै सोमबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेर १५ बुँदे सुझाव दिएका हुन् ।
उनले प्रशासनको सुधार, स्थानीय सरकारका बेथिति र भ्रष्टाचार नियन्त्रण, मिटरब्याज पीडितको समस्या समाधान, खानेपानी सिँचाइ, बजार र मलको व्यवस्था गर्न पनि माग गरेका छन् ।
उनले अहिले जनतामा प्रदेश संरचानलाई लिएर व्यापक निराशा र चिन्ता रहेको दाबी गरेका छन् । यस्तै, जिल्ला समन्वय समिति खारेज र उपराष्ट्रपति पद पनि खारेज गर्न भनेका छन् ।
ढकालले थ्रेस होल्ड बढाउन, समानुपातिकमा एकपटक मात्रै अवसर दिनुपर्ने माग पनि गरेका छन् ।
देशभर डुलेर पार्टीलाई प्रतिवेदन बुझाएपछि ढकाल राष्ट्रिय स्वतन्त्रबाट कारबाहीमा परेका थिए ।