बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

भारतका विदेश सचिव मिस्रीले गरे पशुपतिनाथको दर्शन

सोमबार, साउन २८ २०८१

काठमाडौं । दुई दिने नेपालको भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले पशुपतिनाथ मन्दिरमा दर्शन पुजन गरेका छन् ।

आइतबार नेपालको औपचारिक भ्रमणमा आएका विदेश सचिव मिस्रीले आज विहान पशुपतिनाथको दर्शन गरेका हुन् ।

मिस्रीलाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले मन्दिर परिसरमा स्वागत गरेका थिए ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा यहाँ आएका हुन्।

विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् ।

उनको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् ।

विदेशसचिव मिस्री आज स्वदेश फर्कने छन् ।।