९४ अंकले बढ्दा २५ अर्ब ७७ करोडको शेयर किनबेच
काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ९४ दशमलव ५३ अंकले बढेर २८ सय ६० दशमलव ९१ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १८ दशमलव २३ अंकले बढेर पाँच सय एक दशमलव ९१ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३० वटा कम्पनीहरुको दुई लाख ७५ हजार दुई सात वटा कम्पनीहरुको छ करोड तीन लाख २१ हजार तीन सय २३ कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार पाँच सय नौं रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४९ दशमलव ६३ अंकले बढेर १५ सय ३० दशमलव ८६ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय ३६ दशमलव ९२ अंकले बढेर पाँच हजार चार सय ४९ दशमलव २५ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि एक सय १६ सय दशमलव ५८ अंकले बढेर तीन हजार चार सय ६२ दशमलव ९७ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ३६ दशमलव सात अंकले बढेर तीन हजार पाँच सय ९८ दशमलव २८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि छ सय सात दशमलव ७१ अंकले बढेर १३ हजार नौं सय ४६ दशमलव शुन्य एक अंंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि चार सय ६२ दशमलव ५१ अंकले बढेर १३ हजार आठ सय ५७ दशमलव ४९ अंंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ।