बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी

आइतबार, साउन २७ २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्र स्थायी कमिटीको दोस्रो दिनको बैठक काठमाडौंमा बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आइतबार दोस्रो दिनको बैठक शुरू भएको हो ।

माओवादी केन्द्र आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने भएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सोबारेमा छलफल भएको हो ।

पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आन्दोलनका स्वरुप बनाइ नयाँ ढंगबाट जनतामा जानेबारेमा अध्यक्ष पुष्पकमल दाहालले निर्देशित गरेको बताएका थिए ।

उनले बैठकमा अध्यक्ष दाहालले वैचारिक, सांगठनिक, राजनीतिक र परिस्थितिकीय कार्यभारको बारेमा पनि धारणा राखेको जानकारी दिएका थिए ।

बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव द्वय वर्षमान पुन र जनार्दन शर्मा, नेताहरु प्रशुराम तामाङ, सुरेन्द्रबहादुर कार्की, गणेशमान पुन, अग्नि सापकोटा, कुलप्रसद केसी, , गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणी खनालले आफ्ना धारणा राखिसकेका छन् ।

माओवादीको स्थायी समितिको बैठक साउन २५ गतेबाट लगातार जारी रहेको छ ।

आज पनि बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहनेछ । बैठकमा पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरू लगायत समसामयिक विषयमा छलफल हुने छ ।

सत्ताबाट बहिर्गमित भएको माओवादी केन्द्रले संसद्मा पार्टीको भूमिका, संगठन बिस्तारसँगै मुलुकको समग्र राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको हो।