बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

शनिबार, साउन २६ २०८१

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा आज पनि बस्नेछ । हिजोदेखि शुरू भएको बैठक आज बिहान ११ बजे बस्ने माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए ।

बैठकमा सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् ।

हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए ।

स्थायी कमिटी बैठकलगत्तै केन्द्रीय कमिटीको बैठक राखेर जनतामा फर्किने माओवादीको योजना छ ।