काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोंगबु नयाँ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम ५ सय मिलिग्राम, नगद ४० हजार रूपैयाँर मोबाइल ३ थान सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजविराज नगरपालिका–९ घर भएका २४ वर्षीय पवन कुमार मेहता र उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका २७ वर्षीय अनिल परियार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्ववरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी काठमाडौंमहानगरपालिका–३२ नरेफाँटबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय ४० मिलिग्राम र मोबाइल २ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका–६ घर भएका ३३ वर्षीय धर्मेन्द्र सिंह र सिराहा मिर्चैया नगरपालिका–५ घर भएका ३३ वर्षीय अनिल साह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीलेपक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी बस्ने ३१ वर्षीय नबिन श्रेष्ठ रचितवन भरतपुर नगरपालिका–१२ बस्ने २९ वर्षीय सुरज कुमाल रहेका छन् ।लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–१२ शिमलघाटबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ७० मिलिग्राम सहित भारत लखिमपुर खीरी सुडा बस्ने ४५ वर्षीय छोटेलाल रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडा कैलालीर सुदुरपश्चिाम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलालीको गोदावरी नगरपालिका–८ बाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोहीठाउँ बस्ने २६ वर्षीय सुरेन्द्र चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।