शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

हेलिकप्टर दुर्घटनामा पाँचै जनाको मृत्यु, चार जना चिनियाँ नागरिक

बुधबार, साउन २३ २०८१

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।

काठमाडौंबाट रसुवा स्याप्रुङबेँसीका लागि उडेको उक्त हेलिकप्टर फर्किँदै गर्दा उक्त हेलिकप्टरको क्याप्टेन अरुण मल्ल थिए भने अन्य चार जनामा चिनियाँ नागरिक भएको बताए।